शनिबार, आश्विन ३१,२०८३ 08:48:35
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 08:48:35
सीवाईसी नेपाल लघुवित्तको अध्यक्षमा शर्मा नियुक्त
Capital Market

सीवाईसी नेपाल लघुवित्तको अध्यक्षमा शर्मा नियुक्त

काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष पद्मनाथ शर्माको राजीनामा स्वीकृत भएको छ। संस्थाको सञ्चालक समितिको भदौ ९ गते बसेको सञ्चालक समितिको १८३औँ बैठकले शर्माले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा संस्थापक सदस्य गोपालकुमार शर्मालाई नयाँ अध्यक्ष नियुक्त गरेको हो।

श्वेत–गंगा हाइड्रोपावरका सञ्चालक रेग्मीको राजीनामा स्वीकृत, कम्पनी सचिवमा नगरकोटी नियुक्त
Capital Market

श्वेत–गंगा हाइड्रोपावरका सञ्चालक रेग्मीको राजीनामा स्वीकृत, कम्पनी सचिवमा नगरकोटी नियुक्त

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका सञ्चालक भरत रेग्मीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ९ गते मंगलबार बसेको बैठकले रेग्मीको राजीनामा स्वीकृत गरेको हो।कम्पनीका अनुसार छैटौँ वार्षिक साधारण सभाबाट सञ्चालक पदमा नियुक्त भएका रेग्मीले घरायसी तथा व्यक्तिगत परिस्थितिका कारण जिम्मेवारी वहन गर्न असमर्थ रहेको...

अपर हेवाखोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृति
Capital Market

अपर हेवाखोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृति

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।कम्पनीले १४औँ वार्षिक साधारण सभाबाट निर्णय भई १५ प्रतिशत बोनस सेयर वितरणपश्चात कायम भएको चुक्तापूँजी रु. ५७ करोड ५० लाखको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगसमक्ष पूर्वस्वीकृतिको निवेदन दिएको थियो।कम्पनीका...

सौर्य कृषि कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
Capital Market

सौर्य कृषि कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाण्डौ । सौर्य कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ ३१ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा बिहान १० बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

आँखुखोला जलविद्युत्को सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त
Capital Market

आँखुखोला जलविद्युत्को सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले सेयरसम्बन्धी सम्पूर्ण कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्रसम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकीकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने तथा नामसारीलगायत सेयरधनीको सेयरसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न भदौ ९ गतेदेखि लागू हुनेगरी प्रभु...

कमजोर कम्पनीको आईपीओ बोकेर सेबोन धाउन नपाइने
Capital Market

कमजोर कम्पनीको आईपीओ बोकेर सेबोन धाउन नपाइने

काठमाडौं। कमजोर वित्तीय अवस्था, विवादास्पद व्यवस्थापन वा स्वार्थको द्वन्द्व रहेका कम्पनीको धितोपत्र निष्कासन प्रक्रिया अघि बढाउने मर्चेन्ट बैंकमाथि नेपाल धितोपत्र बोर्डले कडाइ गरेको छ।बोर्डले सम्पूर्ण मर्चेन्ट बैंकलाई निर्देशन जारी गर्दै धितोपत्र निष्कासन गर्ने कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्थासहित सम्भावित स्वार्थको द्वन्द्वबारे वस्तुपरक अध्ययन गरेपछि...

पाँच प्रतिशतभन्दा बढी सेयर बेच्नुअघि १५ दिनको सूचना अनिवार्य, तीन महिनाभित्र बिक्री गर्नुपर्ने
Capital Market

पाँच प्रतिशतभन्दा बढी सेयर बेच्नुअघि १५ दिनको सूचना अनिवार्य, तीन महिनाभित्र बिक्री गर्नुपर्ने

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको पाँच प्रतिशत वा सोभन्दा बढी हिस्सा बिक्री गर्नुअघि अनिवार्य रूपमा सार्वजनिक सूचना दिनुपर्ने भएको छ।नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीलाई निर्देशन जारी गर्दै त्यस्ता सेयरधनीले बिक्री गर्न चाहेको सेयरको विवरण कम्तीमा १५ दिनअगावै सम्बन्धित कम्पनीलाई...

अब म्युचुअल फन्डले दैनिक कारोबार लुकाउन नपाउने, बिक्री-खरिददेखि बाँकी इकाइसम्म सार्वजनिक गर्नुपर्ने
Capital Market

अब म्युचुअल फन्डले दैनिक कारोबार लुकाउन नपाउने, बिक्री-खरिददेखि बाँकी इकाइसम्म सार्वजनिक गर्नुपर्ने

काठमाडौं। म्युचुअल फन्ड सञ्चालन गर्ने योजना व्यवस्थापकहरूले अब खुलामुखी योजनाको दैनिक कारोबार तथा वास्तविक अवस्थासम्बन्धी विस्तृत विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने भएको छ।नेपाल धितोपत्र बोर्डले सम्पूर्ण योजना व्यवस्थापक तथा डिपोजिटरीहरूलाई निर्देशन जारी गर्दै खुलामुखी योजनाको प्रत्येक दिन बिक्री भएको इकाइ, पुनर्खरिद भएको इकाइ, एसआईपी र डीआरआईपीमार्फत...

अब सेयर बेचेपछि ईडीआईएस गर्नुपर्ने झन्झट हट्ने, ‘अटो ईडीआईएस’ प्रणाली ल्याउन सीडीएससीलाई निर्देशन
Capital Market

अब सेयर बेचेपछि ईडीआईएस गर्नुपर्ने झन्झट हट्ने, ‘अटो ईडीआईएस’ प्रणाली ल्याउन सीडीएससीलाई निर्देशन

काठमाडौं। लगानीकर्ताले सेयर बिक्री गरेपछि ‘मेरो सेयर’मा गएर छुट्टै ईडीआईएस गर्नुपर्ने झन्झट हटाउने प्रक्रिया अघि बढेको छ। नेपाल धितोपत्र बोर्डले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) र मेरो सेयरलाई एपीआईमार्फत एकीकृत गरी ‘अटो ईडीआईएस’ प्रणाली लागू गर्ने व्यवस्था मिलाउन सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई निर्देशन दिएको हो।बोर्डले अटो ईडीआईएस लागू गर्न आवश्यक...

ग्राहकको पैसा चलाउन नपाइने, ब्रोकरले कारोबार र सञ्चालनका लागि अलग-अलग बैंक खाता राख्नुपर्ने
Capital Market

ग्राहकको पैसा चलाउन नपाइने, ब्रोकरले कारोबार र सञ्चालनका लागि अलग-अलग बैंक खाता राख्नुपर्ने

काठमाडौं। नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई आफ्नो कार्यालय सञ्चालन र लगानीकर्ताको धितोपत्र कारोबारका लागि जम्मा हुने रकम अलग–अलग बैंक खातामार्फत परिचालन गर्न निर्देशन दिएको छ।बोर्डको निरीक्षणका क्रममा कतिपय ब्रोकरले सञ्चालन खर्च र ग्राहकको धितोपत्र कारोबारसँग सम्बन्धित सम्पूर्ण रकम एउटै बैंक खाताबाट परिचालन गरेको भेटिएपछि यस्तो निर्देशन...

नेप्सेमा व्यापक फेरबदल: नयाँ इन्डेक्स, नयाँ सर्किट ब्रेकर र मोबाइल कारोबार
Capital Market

नेप्सेमा व्यापक फेरबदल: नयाँ इन्डेक्स, नयाँ सर्किट ब्रेकर र मोबाइल कारोबार

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नेपालको दोस्रो बजार कारोबारलाई प्रविधिमैत्री, सुरक्षित र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई १९ बुँदे निर्देशन दिएको छ।बोर्डले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)को सुरक्षा अडिट गराउनदेखि मोबाइल एपबाटै सेयर कारोबार गर्ने व्यवस्था मिलाउन नेप्सेलाई निर्देशन दिएको हो। यस्तै, बजार बन्द भएपछि अर्डर राख्न...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, दिपशिखाले बेच्यो झण्डै एक अर्बको सेयर
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, दिपशिखाले बेच्यो झण्डै एक अर्बको सेयर

काठमाण्डौ । मंगलबार ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।  

अर्थमन्त्री र सेबोन अध्यक्षमाथि लगानीकर्ता रुष्ट, ‘पूँजीबजार बिरामी भयो लौन डाक्टर साहेब उपचार गर्नुपर्यो’
Capital Market

अर्थमन्त्री र सेबोन अध्यक्षमाथि लगानीकर्ता रुष्ट, ‘पूँजीबजार बिरामी भयो लौन डाक्टर साहेब उपचार गर्नुपर्यो’

काठमाण्डौ । पछिल्लो समय पूँजीबजारमा देखिएको अस्थिरता र लगानीकर्ताको बढ्दो निराशाबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल प्रसाद भट्टमाथि लगानीकर्ताले आलोचना गर्न थालेका छन् ।  लगानीकर्ताहरूले अर्थमन्त्री र सेबोन अध्यक्षले पूँजीबजार सुधार तथा लगानीकर्ताको मनोबल बढाउने विषयमा ठोस काम गर्नुभन्दा सार्वजनिक अभिव्यक्ति र...

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Capital Market

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५७ कम्पनीको १ करोड ४४ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.३६ प्रतिशतले बढेको छ ।  आज १० बीमा...

सेयरबजारको गिरावट आजपनि जारी, कारोबार रकममा सामान्य सुधार
Capital Market

सेयरबजारको गिरावट आजपनि जारी, कारोबार रकममा सामान्य सुधार

काठमाण्डौ । मंगलबारको कारोबारका दिन सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.३० अंकले घटेर २ हजार ५९४.९७ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४५७.६७ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३५७ वटा स्क्रिप्टको १ करोड ४४ हजार १६४ कित्ता सेयर किनबेच हुँदा कुल...

टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, दशैं आसपास डेलिभरी
Capital Market

टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, दशैं आसपास डेलिभरी

काठमाण्डौ । टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभीको नेपालमा प्रि-बुकिङ सुरु भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ बाट सिएरा ईभीको बुकिङ खुला गरेको हो।कम्पनीले हालसम्म सिएरा ईभीको आधिकारिक बिक्री मूल्य भने सार्वजनिक गरेको छैन। सिप्रदीले निश्चित टोकन रकम लिएर प्रि-बुकिङ सुरु गरेको जनाएको छ। अहिले बुकिङ गर्ने...

सुपर मादी हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?
Capital Market

सुपर मादी हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकले लाभांशसम्बन्धी प्रस्ताव आगामी १७औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो।कम्पनीका अनुसार हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड ५२ लाख ५०...

राष्ट्रिय बीमा कम्पनीद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Capital Market

राष्ट्रिय बीमा कम्पनीद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी असोज २ गते शुक्रबार आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ८ गते बसेको ५२८औँ बैठकको निर्णयअनुसार साधारणसभा काठमाण्डौको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रालिमा बिहान ११ बजेबाट शुरु हुनेछ।कम्पनीले साधारणसभामा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ र...

राष्ट्रिय बीमा कम्पनीका सीईओ डा. श्रेष्ठको राजीनामा स्वीकृत, निमित्तको जिम्मेवारी कोइरालालाई
Capital Market

राष्ट्रिय बीमा कम्पनीका सीईओ डा. श्रेष्ठको राजीनामा स्वीकृत, निमित्तको जिम्मेवारी कोइरालालाई

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठको राजीनामा स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्दै नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.