बुधबार, चैत्र ४,२०८२ 01:12:40
Bizshala
  • बुधबार, चैत्र ४,२०८२ 01:12:40
६ दिनपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा भने संकुचन
Capital Market

६ दिनपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा भने संकुचन

काठमाण्डौ । ६ दिन लगातार घटेको बजारमा आज दोहोरो अंकको सुधार आएको छ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) १२.२९ अंक अर्थात ०.६२ प्रतिशतले बढेर १ हजार ९९१.३१ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर  ३५५.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ५८ लाख ५८ हजार ६६३ कित्ता सेयर...

आगामी आवको बजेटको प्राथमिकता: सेयर बजारसहितको वित्तीय क्षेत्र लाई सुदृढीकरण गरिने
Capital Market

आगामी आवको बजेटको प्राथमिकता: सेयर बजारसहितको वित्तीय क्षेत्र लाई सुदृढीकरण गरिने

काठमाण्डौ । सरकारले सेयर बजारसहित बैंक तथा बीमा कम्पनी लगायतका क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा राखेको छ । आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आज अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजारसहित बैंक तथा बीमा कम्पनी लगायतका क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा राखिएको बताएका हुन् ।  

युनाइटेड मोदी हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने,साधारण सभा आह्वान
Capital Market

युनाइटेड मोदी हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने,साधारण सभा आह्वान

काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपात(शतप्रतिशत)मा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।  कम्पनीले गत हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट गत माघ २२ गते अनुमति पाएको थियो । कम्पनीले साधारण सभाबाट पारित गरी यो हकप्रद निष्कासन गर्ने...

नेप्सेमा तीन कम्पनीको १.२२ करोड कित्ता सेयर सूचीकृत
Capital Market

नेप्सेमा तीन कम्पनीको १.२२ करोड कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीको १ करोड २२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको १० प्रतिशत(१४ लाख ९४ हजार ७६६ कित्ता),शिवम सिमेन्टको १४.२५ प्रतिशत(६२ लाख ७० हजार कित्ता) र साइन रेसुंगा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत(४४ लाख ९८ हजार ०७७.३७ कित्ता )बोनस सेयर सूचीकृत भएको हो । 

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि दरखास्त आह्वान,तलब १.३० लाख
Capital Market

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि दरखास्त आह्वान,तलब १.३० लाख

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लाग दरखास्त आह्वान गरेको छ ।  नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज एक सूचना जारी गर्दै समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि दुईजना व्यक्ति सम्मिलित...

नेशनल हाइड्रोपावरको दुईपटक स्थगित साधारण सभाको नयाँ मिति तय,यस्ता छन् अजेण्डा
Capital Market

नेशनल हाइड्रोपावरको दुईपटक स्थगित साधारण सभाको नयाँ मिति तय,यस्ता छन् अजेण्डा

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको नयाँ मिति तय गरेको छ । कम्पनीले २७ औं वार्षिक साधारण सभाका लागि आगामी फागुन ३० गतेको मिति निर्धारण गरेको हो ।  उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ को(क) र (ख)सैशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै आव २०७९/८० को वार्षिक प्रतिवेदन,वासलात,नाफा, नोक्सान हिसाब लगायतका विभिन्न वित्तीय...

सूर्यज्योति लाइफ(साविकको ज्योति लाइफ)को १.४२ करोड कित्ता बढी सेयरको लक–इन अवधि चैत २० मा समाप्त हुँदै
Capital Market

सूर्यज्योति लाइफ(साविकको ज्योति लाइफ)को १.४२ करोड कित्ता बढी सेयरको लक–इन अवधि चैत २० मा समाप्त हुँदै

काठमाण्डौ ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक–इन समयावधि फागुन १३ गते समाप्त हुने भएको छ ।  कम्पनीले एक सूचना जारी गर्दै साविकको ज्योति लाइफ इन्स्योरेन्स को संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि आगामी चैत २० गते समाप्त हुन लागेको जनाएको हो ।  साविकको ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर...

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य १५० रुपैयाँ
Capital Market

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य १५० रुपैयाँ

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फागुन १३ गतेदेखि ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र डिल्लीबजारमा...

मिर्मिरे लघुवित्तको एजीएम आज,संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गरिने
Capital Market

मिर्मिरे लघुवित्तको एजीएम आज,संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गरिने

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाको १३ औं साधारण सभा काभ्रे जिल्लाको धुलिखेलमा रहेको होटल सारथीमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।  उक्त सभामा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

नेप्से लगातार ६ दिन  घट्दा आरएसआई ओभर सोल्ड जोनमा, अबको बलियो सपोर्ट कतिमा ?
Capital Market

नेप्से लगातार ६ दिन घट्दा आरएसआई ओभर सोल्ड जोनमा, अबको बलियो सपोर्ट कतिमा ?

काठमाण्डौ । आज बजार दिनभर नै घटेर कारोबार बन्द भयो । कारोबारको अन्त्यमा बजार २७ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा आज पनि बजारमा वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । बोलिङगर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा ब्याण्डको तल्लो विन्दुमा ब्रेक डाउन दिएको छ ।  

सर्वोत्तम सिमेन्टको आईपीओमा हारालुछ,पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन
Capital Market

सर्वोत्तम सिमेन्टको आईपीओमा हारालुछ,पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन

काठमाण्डौं । आजदेखि निष्कासन भएको सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा तीन गुणा बढी आवेदन परेको छ । प्रतिकित्ता मूल्य रु ३६०.९० रुपैयाँमा निष्कासन भएको कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन परेको हो ।  आज कम्पनीको आईपीओमा १ लाख ५६ हजार २ सय ७ आबेदकबाट ८६ लाख ६० हजार ६४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन...

ग्राउण्ड जिरोका लगानीकर्ता: ब्याजदर घट्यो भनेर सेयर थपियो, अहिले थला परियो
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्ता: ब्याजदर घट्यो भनेर सेयर थपियो, अहिले थला परियो

काठमाण्डौ । सधैंजस्तै आज पनि हामीले साताको पहिलो कारोबार दिन लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी अनामनगरमा रहेका केही ब्रोकरहाउसमा पुगेर लगानीकर्ताहरुको मनोविज्ञान, विचार सुन्ने र ग्राउण्ड जीरोमा रहेको बजार वा विभिन्न कम्पनीहरुप्रतिको धारणा सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।  हामी सबैभन्दा पहिले अनामनगरमा रहेको...

यी हुन् सेयर धितो राखेर सेयर कर्जा लिन मिल्ने १७ बीमा कम्पनी, कुन–कुन परे नेप्सेको सूचीमा ?
Capital Market

यी हुन् सेयर धितो राखेर सेयर कर्जा लिन मिल्ने १७ बीमा कम्पनी, कुन–कुन परे नेप्सेको सूचीमा ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची तयार पारेको छ ।  नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य ११२ कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।  जसमा कुल १७ वटा बीमा कम्पनी परेका छन् । नेपाल पुनर्बीमा कम्पनीसहित १७ बीमा कम्पनीले मार्जिन कारोबार...

नेप्सेद्वारा मार्जिन कारोबारयोग्य ११२ कम्पनीको नामावली सार्वजनिक,कुन–कुन परे(सूचीसहित)
Capital Market

नेप्सेद्वारा मार्जिन कारोबारयोग्य ११२ कम्पनीको नामावली सार्वजनिक,कुन–कुन परे(सूचीसहित)

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'
Capital Market

बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'

काठमाण्डौ । विवादास्पद सेयर लगानीकर्ता तथा जोशी हाइड्रोपावरको सेयरमूल्य खुलेआम १००० रुपैयाँ प्रतिकित्ता पुर्याउँछु भन्दै गैरकानूनी उर्दी जारी गर्ने दीपेन्द्र अग्रवालले बिजशालामा फागुन ७ गते प्रकाशित समाचारको खण्डन एकसातापछि पठाएका छन् ।  उनका गैरकानूनी उर्दी, कारोबार तथा सार्वजनिक रुपमा पत्रकार तथा मिडिया हाउसप्रति गालीगलौज, धम्की दिएको र समर्थकबाट धम्की दिन लगाएको...

बफेटका लगानीका १५ नियम: अरु लोभी बन्दा आफु भयभीत र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाव
Capital Market

बफेटका लगानीका १५ नियम: अरु लोभी बन्दा आफु भयभीत र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाव

काठमाण्डौ । विश्वका सबैभन्दा ठूला सेयर लगानीकर्ता तथा बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) वारेन बफेटले बर्कशायर हाथवे २०२३ को सेयरधनीहरुलाई लेखेको पत्रमा लगानीकर्ताका लागि समय सुहाउँदो लगानीको सिद्धान्तहरुबारे उल्लेख गरेका छन् । वफेटले प्रत्येक वर्ष सेयरधनीहरुका लागि पत्र लेख्ने गर्छन ।  वफेटले लेखेको पत्रमा लगानीका १५ वटा नियमहरु बारे बताइएको छ । उनले...

सेयर बजारमा गिरावट आउँदा एनआइसी एशियाका म्युचुअल फण्डहरुको न्याभ घट्यो, सेयरमा कुनको कति लगानी ?
Capital Market

सेयर बजारमा गिरावट आउँदा एनआइसी एशियाका म्युचुअल फण्डहरुको न्याभ घट्यो, सेयरमा कुनको कति लगानी ?

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित म्युचुअल फण्डहरुको माघ महिनामा प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) र खुद नाफा घट्न पुगेको छ ।  क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइसी एशिया ग्रोथ, एनआइसी एशिया ब्यालेन्स्ड फण्ड, एनआईसी एशिया सेलेक्ट–३०, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको र एनआइसी एशिया ग्रोथ फण्ड–२ को न्याभ घटेको छ ।  एनआइसी एशिया क्यापिटलको...

सन नेपाल लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एशियन र हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए
Capital Market

सन नेपाल लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एशियन र हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.८१ अंकले घटेर १ हजार ९७९ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा आज ३ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये वित्त समूह र उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै उपसूचकहरु राताम्य छन् ।...

३ महिनापछि नेप्से २ हजार बिन्दु तल,जानकार भन्छन्,‘करको विषयले घट्यो बजार’
Capital Market

३ महिनापछि नेप्से २ हजार बिन्दु तल,जानकार भन्छन्,‘करको विषयले घट्यो बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज बजार २६.८१ अंक अर्थात १.३३ प्रतिशतले घटेर १ हजार ९७९.०२ बिन्दुमा झरेको छ । यससँगै बजार तीन महिनापछि २ हजार बिन्दु तल झरेको छ ।  यसअघि बजार २०२३ को डिसेम्बर १३ मा २ हजारको बिन्दुमा रहेको थियो ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर...

लाभांश नदिनेको सूचीमा थपियो जनउत्थान सामुदायिक लघुवित्त,सेयरधनीलाई देखायो रित्तो हात ?
Capital Market

लाभांश नदिनेको सूचीमा थपियो जनउत्थान सामुदायिक लघुवित्त,सेयरधनीलाई देखायो रित्तो हात ?

काठमाण्डौ । यस वर्ष सेयरधनीहरुलाई लाभांश नदिनेको सूचीमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि थपिएको छ । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।  संस्थाको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश नदिने निर्णय गरेको हो । उक्त बैठकले संस्थाको २०८० असार मसान्तसम्मको वासलात,आव २०८९/८० को...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.