तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा १० गुणा बढी आवेदन
काठमाण्डौ । निष्कासन भएको तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १० गुणा बढी आबेदन परको छ । सीडीएससी एण्ड क्लियरिङका अनुसार तीन दिनसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओमा ५ लाख २४ हजार ७८ आवेदकबाट २ करोड ८३ लाख २७ हजार ६१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । लगानीकर्ताले कुल १० अर्ब २२ करोड रुपैयाँबराबरको आईपीओ माग परेको सीडीएससीले जनाएको छ ।...

