कर्पोरेट डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुले धारण गरेको ३ लाख ८ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

