११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचक नै घटेको छ । जीवन बीमा समूह ०.०९ प्रतिशत र निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले घटेको...

