उन्नति सहकार्य लघुवित्तको वित्तीय विवरण पारित, लाभांश वितरण नहुने
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणहरू पारित गरेको छ। माघ ६ गते मंगलबार दिउँसो साढे ३ बजे बसेको संस्थाको २४८औँ बैठकले २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने निर्णय गरेको हो।

