१९ कम्पनीले पाए ‘स्पेसलाइज्ड इन्भेष्टमेन्ट फन्ड’ चलाउने अनुमति, ४८ अर्बभन्दा बढी पूँजी परिचालनको बाटो खुल्यो
काठमाण्डौ । नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (PEVC) बजार संस्थागत विस्तारको चरणमा पुगेको नेपाल धितोपत्र बोर्डको अध्ययनले देखाएको छ।बोर्डले सार्वजनिक गरेको ‘नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल पारिस्थितिक प्रणालीको मूल्यांकन तथा नियामकीय सुधारसम्बन्धी अध्ययन, २०८३’ अनुसार हालसम्म १९ वटा Specialized Investment Fund Manager ले सञ्चालन अनुमति पाइसकेका छन्। अध्ययनले यसलाई...

