किन भट्ट-अग्रवाल मात्रै ? अर्थमन्त्री भन्छन्-'ग्रे लिस्टबाट निस्किन, अब अरु पक्राउ पर्दैनन्'
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो समय दीपक भट्ट, सुलभ अग्रवाललगायत केही व्यवसायीमाथि गरिएको कारबाहीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्ने प्रयासको हिस्सा भएको बताएका छन्। उनले यस्तो कारबाहीलाई लिएर समग्र निजी क्षेत्रले अनावश्यक रूपमा त्रसित हुन नपर्ने स्पष्ट पारेका छन्।

