घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।कम्पनीले गत आव २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।

