पूँजीगत लाभकर बढेपछि भारतको सेयर बजारमा लगातार दुई दिन गिरावट
काठमाण्डौ । भारतमा बजेट सार्वजनिक भएको एक दिनपछि त्यहाँको सेयर बजारमा गिरावट आएको छ । आज भारतको सेयर बजार इन्डेक्स २८० अंकले घटेर ८० हजार १४८ विन्दुमा बन्द भएको छ । त्यस्तै ५० जटा कम्पनीको कारोबार हुने निफ्टी५० पनि ६५ अंकले घटेर २४ हजार ४१३ विन्दुमा बन्द भएको छ । सेन्सेक्समा कारोबार हुने ३० वटा कम्पनीको सेयरमध्ये आज २० वटाको सेयरमूल्यमा गिरावट आयो भने १० वटामा मात्रै वृद्धि...

