बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन्,‘ नयाँ लगानीकर्ताको प्रवेशले बजार मजबुत नै’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात २०.४६ अंकले घटेर २ हजार ६६१.०९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४८२.१५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको ४ करोड ७७ लाख ९० हजार ८३७...

