यूनाइटेड अजोड इन्स्योरेन्सले कहिलेदेखि खुलाउँदैछ अवितरित हकप्रद सेयरको बिक्री आवेदन ?
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रदमा आवेदन नपरेको संस्थापक तर्फको ६३ हजार ८४७ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले यही असार २५ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।

