यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४९.१४ रुपैयाँ र बिक्रीदर १४९.८१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७८.९४ रुपैयाँ र बिक्रीदर १७९.७४ रुपैयाँ कायम भएको छ ।

