आज पनि बढ्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज(भदौ १९ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ कायम थियो ।

