किशोरी डिम्ब तस्करी प्रकरण : डा. नुतन शर्मा बयानपछि हाजिरी जमानीमा रिहा, आरोप अस्वीकार
काठमाण्डौ । १७ वर्षीया किशोरीको डिम्ब निकालिएको प्रकरणमा नाम जोडिएकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ चिकित्सक डा. नुतन शर्मासँग प्रहरीले बयान लिएको छ।जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार डा. शर्मा गत बिहीबार प्रहरीसमक्ष उपस्थित भएकी थिइन्। त्यसपछि उनलाई जिल्ला सरकारी वकिल कार्यालय लगेर घटनासम्बन्धी बयान लिइएको थियो।ललितपुर प्रहरीका एसपी गौतम...

