१ साउनमा पनि डिपोबाट इन्धन वितरण गर्ने निगमको निर्णय
काठमाण्डौ। नेपाल आयल निगमले आगामी साउन १ गतेका दिन सबै डिपोबाट पेट्रोलियम पदार्थ निरन्तर बिक्री वितरण गर्ने निर्णय गरेको छ। यसअघि साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा डेटा अपडेट गर्नुपर्ने र त्यसदिन बिलिङ सिस्टम बन्द हुने निगमले जनाएको थियो।