बाढीपहिरोका कारण तरकारीको भाउ २००% सम्मले वृद्धि, कुनको मूल्य कति ?
काठमाण्डौ । गत बिहिबारदेखि देशभर आएको अविरल वर्षाका कारण कालिमाटी फलफलु तथा तरकारी बजारमा तरकारीको मूल्य वृद्धि भएको छ । वर्षाका कारण तरकारी खेतीमा पुगेको क्षति र विभिन्न राजमार्ग अवरुद्ध भएका कारण आपूर्ति श्रृंखला प्रभावित बन्दा तरकारीको मूल्य आकाशिएको हो । कालिमाटी फलफलु तथा तरकारी बजार समितिका अनुसार आज अधिकांश तरकारीको मूल्य बढेको छ । आज तरकारीको मूल्य २ सय...

