स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम सुरु
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ। निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको हो। बुधवारबाट सुरु भएको तालिम तीन दिनसम्म चल्नेछ।

