राधी विद्युत कम्पनीको क्षतिग्रस्त आयोजनाबाट पुन: विद्युत उत्पादन सुचारु
काठमाण्डौ । बाढी पहिरोका कारण क्षतिग्रस्त राधी विद्युत कम्पनी लिमिटेडको आयोजनाबाट पुनःविद्युत उत्पादन सुरु भएको छ । गत असार २२ गते बाढीको कारण क्षतिग्रस्त भई बन्द रहेको कम्पनीको ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजना पुनःसञ्चालनमा आएको हो ।