शुक्रबार, बैशाख २५,२०८३ 07:44:55
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 07:44:55
कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर निर्धारण, कतिमा पाइन्छ कर्जा ?
NEWS

कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर निर्धारण, कतिमा पाइन्छ कर्जा ?

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले भोलि साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर  निर्धारण गरेको छ ।कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर...

निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी, यस्ता छन् व्यवस्था
ECONOMY& POLITICS

निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी, यस्ता छन् व्यवस्था

काठमाण्डौ । अर्थ मन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । निवृत्तभरण भुक्तानी व्यवस्थालाई सरल, सहज एवं पारदर्शी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालले यो कार्यविधि बनाएको हो ।यो कार्यविधि अर्थ मन्त्रालयले स्विकृत गरेको मितिदेखि लागू हुनेछ ।  किताबखानाबाट जारी...

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन
ECONOMY& POLITICS

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियमक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिएका छन् । मङ्गलबार मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा.खगराज शर्मालाई  सपथ गराउदै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।  बिगत लामो समयदेखि...

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् ।  प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत...

एप्पललाई टक्कर दिने तयारीमा गुगल, नयाँ प्लेटफर्म ल्याउने तयारी
NEWS

एप्पललाई टक्कर दिने तयारीमा गुगल, नयाँ प्लेटफर्म ल्याउने तयारी

काठमाण्डौ । गुगलले एन्ड्रोइड र क्रोमओएसलाई मर्ज गर्ने योजना बनाएको छ । जसपश्चात प्रयोगकर्ताहरुले एउटा नयाँ प्लेटफर्म प्राप्त गर्नेछन् ।  यो एउटा शक्तिशाली सिंगल अपरेटिङ सिस्टम हुनेछ । जानकारीका अनुसार एन्ड्रोइड इकोसिस्टमका प्रेसिडेन्ट समिर सामतले क्रोम ओएस र एन्ड्रोइडको विशेषतालाई एउटै प्लेटफर्ममा समावेश गर्ने बताएका छन् ।  

घूस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, निश्पक्ष छानबिन गरिदिन माग
NEWS

घूस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, निश्पक्ष छानबिन गरिदिन माग

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका राजकुमार गुप्ताले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय घुस लिएको आरोप सार्वजनिक भएपछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो पद त्यागेको घोषणा गरेका हुन्।

बीमा प्राधिकरणमा साढे ४ महिना पनि टिकेनन् शरद ओझा, फर्जी कागजातको भरमा नियुक्ति खाएपछि परे फन्दामा
NEWS

बीमा प्राधिकरणमा साढे ४ महिना पनि टिकेनन् शरद ओझा, फर्जी कागजातको भरमा नियुक्ति खाएपछि परे फन्दामा

काठमाण्डौ । नियुक्तिको साढे ४ महिनामै बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् ।  फर्जी कागजात पेश गरेर बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको आरोप लागेका उनको विषयमा छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सरकारले निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् । 

राष्ट्रपतिबाट अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण
ECONOMY& POLITICS

राष्ट्रपतिबाट अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

मुलुकभर ५९% रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा
NEWS

मुलुकभर ५९% रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

काठमाण्डौ । देशभर हालसम्म ५९ प्रतिशत अर्थात् आठ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास निर्देशनालयका अनुसार देशभर ८ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।  गत वर्ष यस भने यो अवधिसम्म ६७.७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष वर्षा समयमै सुरु भएर बिउ राखिए पनि रोप्ने बेलामा कम पानी परेकाले रोपाइँ भने कम भएको बाली...

मौद्रिक नीतिप्रति सीएनआईको धारणाः आर्थिक गतिविधि बढाउने अपेक्षा
NEWS

मौद्रिक नीतिप्रति सीएनआईको धारणाः आर्थिक गतिविधि बढाउने अपेक्षा

काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा गरेको छ । ति सीएनआईले एक विज्ञप्ती जारी गर्दै चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन गर्ने घोषणा सकारात्मक भएको जनाएको छ ।यद्यपी चालुपूँजी कर्जा आवश्यक...

सार्वजनिक निकायबाट हुने भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र
ECONOMY& POLITICS

सार्वजनिक निकायबाट हुने भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र

काठमाण्डौ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र जारी गरेको छ । अर्थ मन्त्रालयले सबै मन्त्रालय,नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो ।  

मौद्रिक नीति वित्तीय सहजिकरण उन्मुख र सकारात्मक : नेपाल चेम्बर
NEWS

मौद्रिक नीति वित्तीय सहजिकरण उन्मुख र सकारात्मक : नेपाल चेम्बर

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजिकरण गर्ने गरी आएको जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुर्नउत्थान एवं सहज कर्जा प्रवाह मार्फत वित्तीय क्षेत्र चलायमान हुने चेम्बरले उल्लेख गरेको छ ।  आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशत विस्तार गर्न सकिए हालको अधिक तरलता समस्या...

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक : नेपाल समुद्रपार निकासी पैठारी संघ
ECONOMY& POLITICS

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक : नेपाल समुद्रपार निकासी पैठारी संघ

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिमार्फत गरेका व्यवस्था र घोषणालाई नेपाल समुद्रपार निकासी पैठारी संघले सकारात्मक रुपमा लिएको छ । ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने र खराब कर्जाका कारण तनावमा रहेका बैंकहरूलाई राहत दिने उद्देश्यले मौद्रिक नीतिमा राखिएका लचिला प्रावधानले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा संघले...

नेपाली व्यवसायिक प्रतिनिधिहरू व्यवसायका सम्भावनाहरू बुझ्न एयरबसको कार्यालयमा
NEWS

नेपाली व्यवसायिक प्रतिनिधिहरू व्यवसायका सम्भावनाहरू बुझ्न एयरबसको कार्यालयमा

काठमाण्डौ । जर्मन एशिया प्रशान्त व्यवसायिक संघ र नेपाल जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जर्मनीको हाम्बर्गमा लगानीलाई सुदृढीकरण गर्न एयरबस कार्यालयमा विशेष बैठक सम्पन्न भएको छ।एशिया एशिया प्रशान्त व्यवसायिक संघका प्रमुख अल्मुटरोबनेरले नेपाली व्यवसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरीकाले लानुपर्ने बताउँदै त्यस कार्यक्रममा स्वागत गर्दै...

समयमै विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
ECONOMY& POLITICS

समयमै विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा विश्व जनसङ्ख्या दिवसका अवसरमा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकारले...

डकूमेन्टमा देखियो अर्थतन्त्रको तस्विरमा सुधारको संकेत !
NEWS

डकूमेन्टमा देखियो अर्थतन्त्रको तस्विरमा सुधारको संकेत !

काठमाण्डौ । पछिल्ला आधिकारिक तथ्यांकहरूका आधारमा हेर्दा नेपालले आर्थिक दृष्टिले केही राहतका संकेत देखाएको छ। राजस्व संकलनदेखि आयात-निर्यात, पुँजीगत खर्च, मुद्रास्फीति, विदेशी सहायता र शेयर बजारजस्ता सूचकहरूमा देखिएको सुधारले अर्थतन्त्र लयमा फर्कने सकारात्मक सङ्केत दिएको छ। यद्यपि समग्र अर्थतन्त्र अझै पूर्णरूपमा स्थायित्वतर्फ भने पुग्न सकेको छैन।

चेम्बरद्वारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा सहजीकरण गर्न आग्रह
ECONOMY& POLITICS

चेम्बरद्वारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा सहजीकरण गर्न आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३५ बुँदे सुझाव गर्भनर डा. पौडेललाई बुझाएका हुन्  ।  बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक र...

अब सार्वजनिक बिदामा पनि धरहरा खुल्ने
TOURISM

अब सार्वजनिक बिदामा पनि धरहरा खुल्ने

काठमाण्डौ । अब सार्वजनिक बिदाका दिनसमेत धरहरा खुला रहने भएको छ । सहरी विकास मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालन गर्ने तयारी गरेको हो ।  यस्तै अब दैनिक दुई चरण (सिफ्ट) मा धरहरा खुला गरिने भएको छ । अहिले धरहरा दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला हुँदै आईरहेको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन बन्द हुन्छ...

अब युट्युबबाट सजिलै पैसा कमाउन गाह्रो हुने, मोनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै
OTHERS

अब युट्युबबाट सजिलै पैसा कमाउन गाह्रो हुने, मोनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

काठमाण्डौ । अब युट्युबबाट सजिलै पैसा कमाउन गाह्रो हुने भएको छ । जुलाई १५ बाट युट्युबको मोनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुन लागेको छ । वास्तवमा युट्युबले ठूलो मात्रामा उत्पादन हुने सामग्रीमाथि कडाई गर्न लागेको हो ।बदलिएको नियम अनुसार अब युट्युबले मौलिक र नयाँ सामग्री सिर्जना गर्नेलाई मात्र भिडियोबाट कमाउने अवसर दिनेछ । वास्तवमा, युट्युबले यस्ता भिडियोहरूबाट हुने...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

काठमाण्डौ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२ औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।  यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् ।  एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बनेका थिए ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X