एनआइसी एशियाका ५ वटै म्युचुअल फण्डको न्याभ रु. १० भन्दा माथि, अझै बढ्नसक्ने
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटै म्युचुअल फण्डहरुको पुष महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य(न्याभ) बढेको छ । फण्डहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पुषमा नाफासँगै न्याभ र सूचीकृत सेयरमा लगानी समेत बृद्धि भएको छ । सूचीकृत धितोपत्रमा लगानी बढाउँदा नाफा र न्याभ बढेको कम्पनीले जनाएको छ ।