आईतवार, पुष २८,२०८१ 08:19:27
IME remit
  • आईतवार, पुष २८,२०८१ 08:19:27
शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
STOCK MARKET

शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

काठमाण्डौ । आज सेयर बजारमा ५ अर्ब ६२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आजको कारोबारमा शीर्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ ।  आज उच्च खरिद गर्नेमा सनी सेक्यूरिटिज ,भिजन सेक्यूरिटिज र सूमेरु सेक्यूरिटिज रहेका छन् । बाँकी ७ वटाबाट उच्च बिक्री भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर भाउ ‘ओभर बट जोन’ मा, कतिसम्म पुग्ला मूल्य ?
STOCK MARKET

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर भाउ ‘ओभर बट जोन’ मा, कतिसम्म पुग्ला मूल्य ?

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड नेप्सेको लगानी समूहमा सूचीकृत कम्पनी हो ।यो कम्पनी करिब १० वर्ष पहिले गैरआवासीय नेपाली र नेपालमै रहेका अन्य भेट्रान लगानीकर्ताको समूहमार्फत खासगरी जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको हो । यो कम्पनीमा शेष घले, जीवानाथ लामिछाने, अम्बिकाप्रसाद पौडेललगायतका भेट्राल लगानीकर्ताहरुको समूह छ ।...

लगातार ४ दिन घट्यो नेप्से, ‘संस्थागत लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’
STOCK MARKET

लगातार ४ दिन घट्यो नेप्से, ‘संस्थागत लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत अर्थात १२.८७ अंकले घटेर २ हजार ६७६.१२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२९ प्रतिशतले घटेर ४५५.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड १५ लाख २३ हजार ३...

आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले दिए सेबोनमा आवेदन
STOCK MARKET

आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले दिए सेबोनमा आवेदन

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबान)समक्ष आवेदन पेश गरेका छन् । जसमा दुईवटा जलविद्युत र एउटा लघुबीमा कम्पनी रहेका छन् ।  सेञ्चुरी इनर्जी लिमिटेडले मंसिर १४ गते, ह्याबिट्याट पावर कम्पनीले मंसिर २१ गते र लिबर्टी माइक्रो इन्स्योरेन्सले मंसिर २० गते आवेदन दिएका हुन् ।  

हकप्रद निष्कासनको अनुमति माग गर्दै सिईडिबी होल्डिङ्सले दियो बोर्डमा आवेदन
STOCK MARKET

हकप्रद निष्कासनको अनुमति माग गर्दै सिईडिबी होल्डिङ्सले दियो बोर्डमा आवेदन

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै मंसिर २० गते आवेदन दिएको हो ।  

गोर्खाज फाइनान्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त, स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत
STOCK MARKET

गोर्खाज फाइनान्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त, स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको कम्पनी सचिवमा दिपक न्यौपाने नियुक्त भएका छन् । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई मंंसिर २४ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।  

लाभांश घोषणासहित हिमालयन डिष्टिलरीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
STOCK MARKET

लाभांश घोषणासहित हिमालयन डिष्टिलरीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमालयन डिष्टिलरीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैठकले आव २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफा समेतबाट कम्पनीको हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  लाभांश पारित गर्न कम्पनीले साधारण सभा र बुक...

मन्जुश्री फाइनान्सको लाभांश घोषणा
STOCK MARKET

मन्जुश्री फाइनान्सको लाभांश घोषणा

काठमाण्डौ । मन्जुश्री फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २३ गते बसेको कम्पनीको २८६ औं बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  उक्त बैठकले आव २०८०/८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ६.३५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।  

अपर लोहरे खोला हाईड्रोपावर रु.५ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था
STOCK MARKET

अपर लोहरे खोला हाईड्रोपावर रु.५ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाण्डौ । अपर लोहरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिमा ५ लाख ४ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  यल्पी यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको घाटा १३ लाख ५६ हजार रुपैयाँ थियो ।  

नेशनल लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

नेशनल लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा बनेपामा रहेको अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्तावत पारित गरिनेछ ।  सभामा संस्थाको संस्थापक र सर्वसाधारणको सेयर पुँजी अनुपात ७०...

सोपान फर्मास्युटिकल्सको २.९६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
STOCK MARKET

सोपान फर्मास्युटिकल्सको २.९६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।  

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति-कतिमा ?
STOCK MARKET

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति-कतिमा ?

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब ४६ अंकले घटेर बन्द भएको छ । योसँगै आज नेप्सेको चार्टमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । आज बजार घट्दा कारोबार पनि घटेको छ ।  बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट तल खसेको छ । म्याक्डीमा पनि वियरिस क्रसओभर बनेको छ । आरएसआई पनि आज न्यूट्रल जोन ४६ को तहबाट तल खसेको छ । समग्रमा तिन वटै इन्डिकेटरबाट...

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ । आज उच्च खरिद गर्नेहरुमा नासा, सनी , भिजन ,क्यापिटल म्याक्स र सेयर प्रो सेक्यूरिटिज रहेका छन ।  त्यसैगरि उच्च बिक्री गर्नेमा इम्पेरियल, एबीसी,अनलाइन ,आर्यतारा र दीपशिखा सेक्यूरिटिज रहेका छन् ।  

ग्राउण्ड जिरोमा ‘लो क्याप’ र सरकार परिवर्तनको चर्चा, ब्रोकर हाउस सुनसान, चिया पसल भरिभराउ
STOCK MARKET

ग्राउण्ड जिरोमा ‘लो क्याप’ र सरकार परिवर्तनको चर्चा, ब्रोकर हाउस सुनसान, चिया पसल भरिभराउ

काठमाण्डौ । नियमति स्तम्भ ‘ग्राउण्ड जिरो’ लाई निरन्तरता दिने क्रममा आज हामी  पुतलीसडक र अनामनगर आसपासका ब्रोकर हाउसहरुमा पुगेका थियौं । यसै सिलसिलामा हामी  सबैभन्दा पहिले अनामनगरमा रहेको प्रिमियर सेक्यूरिटिज  (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं ।  यस ब्रोकरमा लगानीकर्ताहरुको राम्रै उपस्थिति थियो । बिहानको सुरुवाती चरणमा बजार सामान्य अंकले तलमाथि गर्दै थियो ।...

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
STOCK MARKET

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक राताम्य भएका छन् । जीवन बीमा समूह ३.०७ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८३ प्रतिशतले...

नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्, ‘लगानीकर्ता अफवाहको पछि लाग्नु मुख्य कारण’
STOCK MARKET

नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्, ‘लगानीकर्ता अफवाहको पछि लाग्नु मुख्य कारण’

नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्, ‘लगानीकर्ता अफवाहको पछि लाग्नु मुख्य कारण’काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक  १.६७ प्रतिशत अर्थात ४५.९३ अंकले घटेर २ हजार ६८९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५० प्रतिशतले घटेर ४५७.०४ विन्दुमा झरेको छ । यो...

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
STOCK MARKET

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन्।  

एनएमबि बैंकका सेयरधनीको हात खाली हुने, लाभांश नदिने निर्णय
STOCK MARKET

एनएमबि बैंकका सेयरधनीको हात खाली हुने, लाभांश नदिने निर्णय

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोही बमोजिा वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।  

सिद्धार्थ बैंकको लाभांश घोषणा
STOCK MARKET

सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।  बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।  

एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर गत मंसिर ९ गतेदेखि लिलामीमा राखेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.