११ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा उपसूचक १.५२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.५२ प्रतिशतले...