लगातार ६ दिनको गिरावटपछि बढ्यो सेयर बजार, विकास बैंक समूहमा चमक
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७४ प्रतिशत अर्थात १९.३० अंकले बढेर २ हजार ६२८.३६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेर ४४२.३२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर ७ अर्ब ३५...