ग्राउण्ड जिरोः अधिकांश लगानीकर्ताबीच फाइनान्स कम्पनीको चर्चा, कोहि भने डुब्ने डरले दोधारमा
काठमाण्डौ । साताको पहिलो कारोबार दिन हामीले विभिन्न ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई आज पनि निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले फरक–फरक ठाउँका ब्रोकर हाउसमा गएर लगानीकर्तालाई सुन्यौं । पुतलीसडक, नागपोखरी र अनामनगरस्थित केही ब्रोकरमा गई लगानीकर्ताको विचार बुझ्ने प्रयास गरेका छौं ।ब्रोकरहाउसको संख्या धेरै रहेको...