बोइङका ३३ हजार कर्मचारी आन्दोलनमा, १० हजार विमान आपूर्तिमा समस्या उत्पन्न हुन सक्ने
काठमाण्डौ । अमेरिकी विमान निर्माता कम्पनी बोइङका ३३ हजार युनियन सदस्य आन्दोलनमा उत्रिएका छन् । कम्पनीले ४ वर्षका लागि प्रस्ताव गरेको सम्झौता रद्द गरेसँगै युनियनमा आवद्ध ३३ हजार कर्मचारी शुक्रबार काममा गएनन् ।