ट्रम्पले भारतमाथि फेरि लगाए २५% ट्यारिफ, भन्छन्, ‘अझै धेरै बाँकी छ’
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफको घोषणा गरेका छन् । ट्रम्पले भारतमाथि थप २५ प्रतिशत कर लगाउने आदेश जारी गर्दै भारतमाथिको ट्यारिफ ५० प्रतिशत पुर्याएका छन् । भारतले रुसी कच्चा तेल र सैन्य उपकरण खरिद गर्न जारी राखेको प्रतिक्रियास्वरूप यो निर्णय लिइएको जनाइएको छ । यो नयाँ २५ प्रतिशत ट्यारिफ पहिले नै लगाइएको सबै कर र शुल्कहरू...

