लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ।बैंकको काठमाण्डौ महानगरपालिका–२२ स्थित पाको, न्युरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिका–९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले न्युरोड मै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटरपूर्वतर्फ) मार्फत सेवा लिन सक्नेछन्।