वैदेशिक रोजगार बीमालेखमार्फत रु.२.२८ अर्ब प्रिमियम संकलन, नेशनल लाइफको व्यवसाय शतप्रतिशत वृद्धि
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क भित्र्याएका छन् । वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आएका १० जीवन बीमकले चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब २८ करोड ३८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । जीवन बीमा कम्पनीहरुको यस्तो व्यवसाय गत आवको तुलनामा ७.८९ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म कम्पनीहरुले...

