बाढीपहिरोले देशभरका प्रमुख सडक प्रभावित : अधिकांश पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालनमा
काठमाडौँ। बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार अधिकांश स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

