निफ्राको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन खुलाएको जनाएको छ ।

