२८ सयमा प्रतिरोध सामाना गरेको बजारले बोलिङगरको अपर ब्याण्ड छोड्दै
काठमाण्डौं। साताको पहिलो कारोबार आज पनि बजार ४० अंकले बढेर बन्द भयो। आज बजार बढ्दा करिब २२ अर्वको कारोबार आएको छ। पछिल्लो पल्टको बजारलाई नियाल्दा आज पनि नेप्सेले २८ सयमा प्रतिरोध सामाना गरेको छ। बजारलाई बोलिङगर ब्याण्ड मार्फत हेर्दा नेप्सेले अपर ब्याण्ड छोड्दै गरेको देखिन्छ।