विदेशमा रहेका नेपाली र दाताले सिधै सरकारी राहत कोषमा रकम जम्मा गर्न सक्ने
काठमाण्डौ । विदेशमा रहेका नेपाली तथा अन्य दाताहरूले नेपाल सरकारको राहत कोषमा सिधै आर्थिक सहयोग जम्मा गर्न सक्ने गरी नयाँ पोर्टल विकास गरिएको छ।विपद्बाट प्रभावित नागरिकका लागि राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्न चाहने विदेशस्थित नेपाली तथा दाताहरूलाई सहज रूपमा रकम उपलब्ध गराउने उद्देश्यले सरकारले उक्त पोर्टल सञ्चालनमा ल्याएको हो।

