नेप्सेको चार्टमा ‘बुलिस क्याण्डल’, बजार ३ साताकै उच्च
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन बढ्यो भने १ दिनमात्रै घट्यो । अघिल्लो साता २०५१.९२ को बिन्दुमा बन्द भएको बजार यो साता २११९.७ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ६७.७८ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजारमा १६.३९ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा २२.७५ अर्बको कारोबार भयो । अघिल्लो साता भने २१.४१ अर्बको कारोबार भएको...