बुधबार, माघ ९,२०८१ 12:51:12
IME remit
  • बुधबार, माघ ९,२०८१ 12:51:12
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा  आवेदन दिने आज आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ १० गतेदेखि बुक विल्डिङ प्रक्रिया मार्फत योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत बिक्री खुला गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।     

एनआईबिएल स्टेबल फण्डका इकाईमा आवेदन दिने म्याद लम्बियो
STOCK MARKET

एनआईबिएल स्टेबल फण्डका इकाईमा आवेदन दिने म्याद लम्बियो

काठमाण्डौ ।  एनआईएमबी एस क्यापिटल लिमीटेडको योजना व्यवस्थापन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कोष प्रवद्र्धन रही निश्कासन भएको ‘एनआईबिएल स्टेबल फण्ड’का इकाई खरीदका लागि आवेदन दिने समय लम्बिएको छ ।  एनआईबिएल म्युचुअल फण्डअन्तर्गत निश्कासन गरिएको बन्दमुखी ‘एनआईबिएल स्टेबल फण्ड’का इकाईहरु खरीदका गर्न चाहनेका लागि आवेदन दिने समय माघ १६ गतेसम्मका लागि लम्बाइएको छ । 

माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टले आईपीओ निकाल्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल
STOCK MARKET

माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टले आईपीओ निकाल्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

काठमाण्डौ । पोखरामा अवस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पाले आईपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले रु. १०० अंकित दरले ४० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो ।  आईपीओ निश्कासनको उद्देश्यले कम्पनीले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एलएस क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

नयाँ छलाङ मार्न शक्ति सञ्चय गर्दै नेप्से, यस्ता छन् २५०० माथि पुग्ने प्राविधिक आधार
STOCK MARKET

नयाँ छलाङ मार्न शक्ति सञ्चय गर्दै नेप्से, यस्ता छन् २५०० माथि पुग्ने प्राविधिक आधार

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता सबै कारोबार दिनमा बजार राताम्मे भयो ।  अघिल्लो साता २१५५.८२  अंकमा बन्द भएको बजार यो साता २०८४.०९  अंकमा बन्द भयो । यस हिसाबले यो साता ७१.७९ अंकले नेप्से घट्यो । अघिल्लो साता भने बजार  ६६.८३  अंकले बढेको थियो ।  यो साता दोस्रो बजारमा २६ अर्ब कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता  ३१.४२  अर्ब थियो । यस हिसाबले यो...

आईपीओ निष्कासनको माग गर्दै वरुण इन्भेष्टमेन्टले दियो सेबोनमा आवेदन
STOCK MARKET

आईपीओ निष्कासनको माग गर्दै वरुण इन्भेष्टमेन्टले दियो सेबोनमा आवेदन

काठमाण्डौ । वरुण इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै गत पुस २५ गते आवेदन दिएको हो ।   

मारुती सिमेन्ट्सले २७७ रुपैयाँका दरले आईपीओ निश्कासन गर्ने
STOCK MARKET

मारुती सिमेन्ट्सले २७७ रुपैयाँका दरले आईपीओ निश्कासन गर्ने

काठमाण्डौ । मारुती सिमेन्ट्स लिमीटेडले पनि प्रिमियमा आईपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर कुल प्रतिकित्ता २७७ रुपैयाँको दरले आईपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निश्कासनको माग...

४० करोडको बोली लागेको सेबोन अध्यक्षमा भट्ट कि चापागाईं ?
STOCK MARKET

४० करोडको बोली लागेको सेबोन अध्यक्षमा भट्ट कि चापागाईं ?

काठमाण्डौ । प्रमुख शक्ति केन्द्रहरुलाई रिझाउन ४० करोड रुपैयाँसम्म रेट पुगेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीव्र दौडधूप र चलखेल सुरु भएको छ ।  रु. ४० करोडसम्म घूस बुझाएरै भए पनि अध्यक्ष बन्ने दौडमा केही व्यक्ति लागिपरेका देखिएको छ भने केही भने पैसा नै खर्च नगरी बोर्ड अध्यक्ष बन्न पाइने झिनो आशासहित दौडधूपमा छन् ।  करिब ६० लाख हाराहारीमा सेयर लगानीकर्ताहरु रहेको...

हकप्रद जारी गर्ने तयारीमा बाराही हाइड्रोपावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
STOCK MARKET

हकप्रद जारी गर्ने तयारीमा बाराही हाइड्रोपावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । बाराही हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

महिला लघुवित्तको लक–इन समयावधि फागुन १३ मा समाप्त हुँदै
STOCK MARKET

महिला लघुवित्तको लक–इन समयावधि फागुन १३ मा समाप्त हुँदै

काठमाण्डौ ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन समयावधि फागुन १३ गते समाप्त हुँदैछ।  कम्पनीले एक सूचना जारी गर्दै आगामी फागुन १३ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । 

छ महिनामा पूँजीबजारबाट उठ्यो १.९ अर्ब राजश्व, सरकारी लक्ष्य पूरा हुन बजार बुम हुनुपर्ने
STOCK MARKET

छ महिनामा पूँजीबजारबाट उठ्यो १.९ अर्ब राजश्व, सरकारी लक्ष्य पूरा हुन बजार बुम हुनुपर्ने

काठमाण्डौ । चालु  आर्थिक वर्षको दोस्रो त्रैमास(पुस मसान्त)सम्ममा सरकारले पुँजी बजारबाट करिब १ अर्ब ९० करोड पुँजीगत लाभकर उठाएको छ ।गत आर्थिक वर्षको पूरा अवधिमा पूँजीबजारबाट उठेको राजश्वको तुलनामा ६ महिनासम्मको प्रगति सन्तोषजनक हो । किनभने गत आर्थिक वर्षको पूरा अवधिमा सरकारले पूँजीबजारबाट करिब ३ अर्ब मात्रै राजश्व उठाएको थियो । 

चन्द्रागिरीको सेयरमा वाइकोले चलखेल गरेको लगानीकर्ताको आरोप
STOCK MARKET

चन्द्रागिरीको सेयरमा वाइकोले चलखेल गरेको लगानीकर्ताको आरोप

काठमाण्डौं । पछिल्लो समय चन्द्रागिरी हिल्सको सेयर दोस्रो बजारमा निकै चर्चामा छ । यो कम्पनीको संस्थापक सेयरको लकिङ पिरियड खुलेदेखि नै लगातार २ दिन पोजिटिभ सर्किट लागेको छ । बिहीबारको कारोबारमा पनि यो कम्पनीमा केही अस्वभाविक खरिद अर्डर देखिएको छ । यो कम्पनीको चुक्तापुँजी नै जम्मा डेढ अर्ब रुपियाँ रहेको छ । अर्थात नेप्सेमा कम्पनीको डेढ करोड कित्ता सेयर सूचीकृत छन् ।...

नेपाल पेमेन्ट सोल्युशनले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
STOCK MARKET

नेपाल पेमेन्ट सोल्युशनले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन कार्यका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?
STOCK MARKET

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ८.६३ प्रतिशत बोनस सेयर वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले सेयरभाउ समायोजन गरेको हो ।  

६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सेयरधनी जिल्ल बनाएको सानिमा जिआइसीको सेयरभाउमा सर्वाधिक गिरावट
STOCK MARKET

६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सेयरधनी जिल्ल बनाएको सानिमा जिआइसीको सेयरभाउमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४ विन्दुमा कायम भएको छ ।  नेप्सेमा रहेका १३ उपसमूहमध्ये ४ समूहमा हरियाली छाएको छ भने बाँकी ९ उपसमूह राताम्यभएका छन् । बीमा समूहका दुईवटै समूह घटेका छन् । जीवन बीमा समूह ०.४३ प्रतिशत र निर्जीवन बीमा समूह ०.४३ प्रतिशतले घटेको छ ।   

उधारो कारोबारले बढ्न सकेन बजार, साताभरि नै राताम्मे
STOCK MARKET

उधारो कारोबारले बढ्न सकेन बजार, साताभरि नै राताम्मे

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ ।  यो दिन नेप्से परिसूचक ३.९४ अंकले घटेर २ हजार ८४.०९ विन्दुमा बन्द भएको छ ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६  अंकले घटेर ३७९.४६ विन्दुमा सीमित बन्न पुगेको छ ।  यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर ३ अर्ब ७६...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन
STOCK MARKET

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले गत माघ ३ गतेदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको कम्पनीको संस्थापक समूहतर्फको ३ लाख कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

निलगिरी खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
STOCK MARKET

निलगिरी खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

काठमाण्डौ । निलगिरी खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ४ गतेका लागि साधारण सभा डाकेको हो ।   

पुवाखोला–वान हाईड्रोपावरले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न डाक्यो एजीएम
STOCK MARKET

पुवाखोला–वान हाईड्रोपावरले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न डाक्यो एजीएम

काठमाण्डौ । पुवाखोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं साधारण सभा डाकेको हो ।  

सिंगटी हाइड्रोले फागुन २ गतेबाट हकप्रद बिक्री खुला गर्ने
STOCK MARKET

सिंगटी हाइड्रोले फागुन २ गतेबाट हकप्रद बिक्री खुला गर्ने

काठमाण्डौ । सिंगटी हाइड्रोले आफ्ना सेयरधनीहरुलाई आगामी फागुन २ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख  कित्ता हकप्रद जारी गर्नेछ।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.