धौलागिरी लघुवित्तको कामु सीईओमा जोशी
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कामु सीईओको जिम्मेवारी शिवराज जोशीलाई दिइएको छ । संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।