बैंकको ऋणमाथिको ‘एकाधिकार’ तोड्दै सेबोन, कम्पनीलाई बण्ड बेचेर अर्बौं जुटाउने बाटो
काठमाडौं। नेपालको सेयरकेन्द्रित पूँजीबजारलाई बहुउत्पादनयुक्त बजारमा रूपान्तरण गर्ने महत्वाकांक्षी लक्ष्यसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत ऋणपत्र बजार विकासको कानुनी आधार तयार गरेको छ।बोर्डले ‘ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थामा मात्र सीमित ऋणपत्र निष्कासनको दायरालाई अन्य योग्य संगठित संस्थासम्म...

