किन टिक्न सकेन अघिल्लो दिनको बढोत्तरी ? ‘डेड क्याट बाउन्स’ वा ‘बटम प्वइन्ट फिसिङ’ ?
काठमाण्डौ । बुधबार ६२.२५ अंकले बढेको बजार साताको अन्तिम कारोबारमा दोहोरो अंकको गिरावटका साथ २६६१.६४ को विन्दुमा बन्द भएको छ । सेयर बजारको बढोत्तरी एकदिन पनि नटिकेपछि अघिल्लो दिन सेयर किनेका लगानीकर्ताहरु अलमलमा परेका छन् । सरकारले समयमा नै गभर्नर नियुक्ति गर्न नसक्दा लगानीकर्ताको मनोबल पनि खस्किएको छ । ब्रोकर हाउसहरुमा भेटिने लगानीकर्ताले पनि सेयर बजारको आगामी दिशा...