काठमाण्डौ । प्रसिद्ध लगानीकर्ता तथा विश्व सेयर बजारका बादशाह वारेन बफेटले गत नोभेम्बरमा मृत्यु भएका मित्र तथा उनको लामो समयको व्यापार साझेदार चार्ली मुंगेरलाई श्रदाञ्जली अर्पण गर्दै भावुक पत्र लेखेका छन् । बफेटले बर्कशायर ह्याथवेका सेयरधनीहरुलाई वार्षिक पत्रमा उनको लामो चार्लीलाई श्रदाञ्जली अर्पण गर्दै पत्र लेखेका हुन् ।
लगानीकर्ताहरूले ओमाहाको ओरेकलबाट बजार, अर्थव्यवस्था र सामान्य जीवनमा लामो समयदेखि वृद्धि को अपेक्षा गरिरहेका बेला बफेटले सय वर्षभन्दा ठीक ३३ दिन अघि नोभेम्बरमा ९९ वर्षको उमेरमा निधन भएका मुंगेरलाई समर्पित गर्दै बर्कशायरको २०२३ को वार्षिक रिपोर्ट सार्वजनिक गरेका छन् ।
बफेटले व्यक्तिगत नोटमा मुंगेर कम्पनीको कुशल वास्तुकार भएको बफेटले बताएका छन् । ‘भौतिक संसारमा, ठूला भवनहरू वास्तुकारसँग जोडिएका हुन्छन् । भवनहरुमा कंक्रीट खन्याउने वा झ्यालहरू निर्माण गर्नेहरुलाई मानिसहरु चाँडै बिर्सिन्छन् । बर्कशायर एक महान कम्पनी बनेको छ। म लामो समयदेखि कम्पनीको निर्माण टोलीको जिम्मेवारीमा भएतापनि चार्लीलाई सधै वास्तुकारको रूपमा श्रेय दिनुपर्छ।’ बफेटले पत्रमा लेखेका छन् ।
बफेट र मुंगेरको जोडी पहिलो पटक सन् १९५९ मा भेट भएको थियो । यसको तीन वर्ष पछि मुंगेर पैसा व्यवस्थापनको काम गर्न थाले । सन् १९७८ मा मुंगेर बर्कशायर ह्याथवेमा उपाध्यक्षको रूपमा सामेल भए र उनी बफेटको सल्लाहकारका रुपमा नजिक भई काम गर्न थाले ।
‘चार्लीले कहिल्यै पनि निर्माणतर्कको रूपमा आफ्नो भूमिकाको श्रेय लिन खोजेनन् तर बरु मलाई श्रेय लिन र प्रशंसा बटुल्न दिए । मसँग उनको उनको सम्बन्ध एउटा दाई र स्नेही बुवाको जस्तो थियो । आफू सही हो भनी थाहा हुँदा पनि उनले मलाई कहिल्यै प्रतिवाद गरेनन् र कम्पनीको बागडोर मलाई सुम्पिए र जब मैले गलत कदम उठाउथे वा गल्ती गर्थे उनले मलाई मेरो गल्तीको आभास हुन दिएनन् ।’ पत्रमा बफेटले भावुक हुँदै लेखेका छन् ।
मुंगेरको निधनले बर्कशायरमा बफेटपश्चात उत्तराधिकार को हुने भन्ने प्रश्न निम्तीएको छ ।
सन् २०२१ मा बफेटले ६१ वर्षिय ग्रेग एबेललाई आफ्नो उत्तराधिकारी भएको बताएका थिए । एबेलले बर्कशायरको ऊर्जा विभाग, निर्माण सामग्री र क्यान्डी डिभिजनहरू सहितको गैर–बीमा व्यवसायहरूको नेतृत्व गर्ने गर्छन ।
बफेटले गत शुक्रबार ६ लाख २८ हजार ९३० डलर मूल्य भएको बर्कशायरको स्टक बलियो उत्तराधिकारलाई सुम्पने योजनामा काम भईरहेको बताएका छन् ।
‘मसँग दोस्रो विकल्प छैन। कम्पनीको उत्तराधिकारी खोज्न गाह्रो छ। तर मैले ग्रेगलाई यो कार्यका लागि उपयुक्त देखेको छु ।’ बफेटले गत वर्ष भनेका थिए ।
बर्कशायर ह्याथवेले चौथो त्रैमासमा सञ्चालन आम्दानीमा २८ प्रतिशतको उल्लेखनीय वृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीको सञ्चालन आम्दानी ६.६ अर्ब डलरबाट वृद्धि भएर ८.५ अर्ब डलर पुगेको छ । -एजेन्सी