शुक्रबार, बैशाख १२,२०८२ 08:17:23
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 08:17:23
IME remit
Global IME Bank Limited

माछापुच्छ्रे बैंक र अलमुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

Hyundai Nepal
माछापुच्छ्रे बैंक र अलमुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता
Nabil Bank Limited

 काठमाण्डौ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले कुवेत स्थित अलमुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ ।  

माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेतस्थित अलमुजैनी एक्सचेन्जसँग सहकार्य गरि विधिवत रुपमा रेमिट्यान्स सेवा सुरुवात गरेको हो । बैंकले वैशाख ११ गते बिहिबारका दिन कुवेतस्थित होटल मिलेनियम साल्मियामाएक औपचारिक कार्यक्रमको आयोजना गरि अलमुजैनी एक्सचेन्जसँग औपचारिक रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बैंकका अध्यक्ष रोशन केसीको समुपस्थिति सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेतस्थित अलमुजैनि एक्चेन्जका महाप्रवन्धक ज्गनज ँभचलबलमभक ले सम्झौता एक आपसमा हस्तान्तरण गरेका हुन् । कुवेत स्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणाको प्रमुख आतिथ्तामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधिहरु, कुवेतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको पनि उपस्थिति रहेको थियो ।  

Muktinath Bikas Bank Limited

सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनीक समेत गरिएको थियो । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसी एंव कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणा ज्यूले संयुक्त रुपमा सार्वजनीक गरेका थिए । सार्वजनीक गरिएपश्चात उक्त गीत बैंकले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालहरुमा प्रशारण÷प्रकाशन गर्नेछ ।  

माछापुच्छ«े बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरे पश्चात अब कुवेतमा रहेका नेपालीहरुले कुवेतस्थित अलमुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।  

साथै, बैंकले अलमुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.