बुधबार, असार १८,२०८२ 05:56:24
  • बुधबार, असार १८,२०८२ 05:56:24
Global IME Bank Limited

माछापुच्छ्रे बैंक र सिबिएल मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

Hyundai Nepal
माछापुच्छ्रे बैंक र सिबिएल मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले मलेसियास्थित सिबिएलमनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसँग सहकार्य गरि वैशाख १५ गते सोमबारदेखि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।  

रेमिट्यान्ससम्बन्धि उक्त सम्झौतापत्रमा सिबिएल मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सम्झौतापछि अब मलेसियामा रहेका नेपालीहरुले मलेसियास्थित सिबिएल मनी ट्रान्सफरका १५ वटा शाखा, र सिबिएल मनी ट्रान्सफरको सिटी रेमिट एपबाट रेमिट   गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।

साथै, सिबिएल मनी ट्रान्सफर र सिटी रेमिट एपबाट एमबीएल रेमिट गरि पठाइएको रेमिट्यान्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ । मलेसियामा रहेका नेपाली कामदारहरूको सुबिधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप(एाबीएल एम–स्मार्ट)को सेवा पनि उपलब्ध गराएको छ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.