शनिबार, श्रावण ९,२०८३ 12:45:08
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 12:45:08
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे बैंकद्वारा धादिङको विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर प्रदान

माछापुच्छ्रे बैंकद्वारा धादिङको विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर प्रदान
New Office

काठमाण्डौ । माछापुच्छ्रे बैंकको धादिङ जिल्लास्थित सिम्ले शाखाले धादिङ वेशी नगरपालिका वडा नं.६ स्थित कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थानकलर प्रिन्टर सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठन–पाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उदेश्यले बैंकले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।  

कालीदेवी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग पछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ ।  

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघ संस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.