काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा स्नेहा शर्मा निर्विरोध निर्वाचित भएकी छन् । कम्पनीको जेठ ९ गते सम्पन्न साधारण सभाबाट शर्मा निर्विरोध निर्वाचित भएकी हुन् ।
उनी सर्वसाधारण समूहबाट सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालकमा निर्वाचित भएकी हुन् । कम्पनीमा सञ्चालकको रुपमा उनको कार्यकाल ४ वर्षको हुनेछ ।