काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त भएको छ । महतको ४ वर्षे कार्यकाल जेठ १५ गते समाप्त भएको हो ।
महत २०७७ जेठ १६ गते बसेको बैंकको सञ्चालक समितिबाट स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए ।
महत चार्टर्ड एकाउन्टेन्ट हुन् र नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेपछि उनले अवकाश लिएका थिए । सेवानिवृत्त हुँदा उनी राष्ट्र बैंकमा सञ्चालकको पदमा थिए । उनले नेपाल राष्ट्र बैंकमा काम गर्दा विभिन्न विभागहरू नियमन, सुपरिवेक्षण, अनुसन्धान आदिमा अनुभव हासिल गरेका छन्।