आईतवार, असार २२,२०८२ 03:41:14
  • आईतवार, असार २२,२०८२ 03:41:14
Global IME Bank Limited

माछापुच्छ्रे बैंक र सेन्ट जेभियर्स कलेजबीच साझेदारी

Hyundai Nepal
माछापुच्छ्रे बैंक र सेन्ट जेभियर्स कलेजबीच साझेदारी
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंकले सेन्ट जेभियर्स कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिका लागि साझेदारी गरेको छ ।  

उक्त साझेदारीअन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम SXC SANDBOX लाई प्रायोजन गरेको हो । SXC SANDBOX  एक आइटीसम्बन्धी  रमाइलो ४८ घण्टा अवधिको  ह्याकाथन कार्यक्रम आयोजना भएको थियो, जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधि सम्बन्धी  कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गरिन्छ । 

CG Motors
Muktinath Bikas Bank Limited

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम SXC SANDBOX  लाई प्रायोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाका लागि आफ्नै निगरानीमा राखी विभिन्न आन्तरिक तथा ग्राहकमुखी इनोभेसन सम्बन्धी काम गर्न आवश्यक अवसर प्रदान गर्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । जसले गर्दा बैंकले आइटी विषय लिई अध्यनरत विद्यार्र्र्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्दछ । यस प्रकारको सम्झौताले माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपिएको बैंकको विश्वास छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.