आईतवार, भाद्र २३,२०८१ 07:10:34
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:10:34
IME remit
Global IME Bank Limited

विद्यार्थीलाई बर्नहार्ट कलेजको उपहार, २५ जनाले निःशुल्क अध्ययनको अवसर पाउने

Hyundai Nepal
विद्यार्थीलाई बर्नहार्ट कलेजको उपहार, २५ जनाले निःशुल्क अध्ययनको अवसर पाउने
Nabil Bank Limited

काठमाण्डौ । काठमाडौ बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । काठमाण्डौको बल्खुमा रहेको कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए ।

‘‘कलेज २५ औं वर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई लक्षित गरेर हामीले यस्तो योजना बनाएका हौ’, अधिकारीले भने । कक्षा ११ र १२ दुवैमा लागू हुने पूर्ण छात्रवृत्ति योजना प्राप्त गर्नका लागि माध्यामिक शिक्षा, एसईई परीक्षामा ४ जीपीए अनिवार्य गरिएको छ । कलेजको यो घोषणासँगै ४ जीपीए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाण्डौ बर्नहार्ट विद्यालय तथा कलेजमा कक्षा ११ र १२ निःशुल्क अध्ययनको अवसर पाउने छन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उच्च शिक्षाको पहिलो ढोका मानिने एसईई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुका लागि यो योजनाले विद्यार्थीहरुको भविष्यलाई साकार बनाउन मद्दत गर्ने क्याम्पस प्रशासनको अपेक्षा रहेको छ ।

देशैभरि भएका हजारौं प्लस टु कलेजको भीडमा विज्ञान र व्यवस्थापन संकायको अध्यापन गराउँदैं आएको यो कलेज २०५७ सालमा स्थापना भएको हो ।  

कक्षा नर्सरीदेखि मास्टर लेभलसम्मको अध्यापन गराउदै आईरहेको यो कलेज नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७६ सालमा निजी तर्फ उत्कृष्ट महाविद्यालयको घोषित हुँदै सम्मानित समेत भएको कलेजले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X