सोमबार, फाल्गुन ४,२०८२ 09:54:25
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 09:54:25
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे बैंकमा बढूवा: डिसीईओ बने अर्याल, डिजिएममा जमरकट्टेल

माछापुच्छ्रे बैंकमा बढूवा: डिसीईओ बने अर्याल, डिजिएममा जमरकट्टेल
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंकले प्रसिद्धराज अर्याललाई नायव प्रमुख कार्यकारी अधिकृत(डिसीइओ) र सुभाष जमरकट्टेलाई नायव महाप्रबन्धक(डिजिएम)मा बढुवा गरेको छ ।  

बैंकको असार २७ गते बसेको सञ्चालक समितिकोबैठकले २०८१ साउन १ गतेदेखि लागू हुने गरी अर्याल र जमरकट्टेलाई बढुवा गरेको हो। 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा,  ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।  

अर्याल यसअघि सिभिल बैंक लिमीटेड, सनराइज बैंक लिमीटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडमा समेतमा रही विभिन्न पदमा काम गरिसकेका छन् ।  

यसैगरी, सन् २०१० देखि आफ्नो बैंकिङ करिअर सुरु गरेका जमरकट्टेल सन् २०११ देखि माछापुच्छ्रे बैंक लिमीटेडमा आबद्ध रहेका छन् । उनी लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिने बैंकले जनाएको छ ।  

उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् । यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका बैंकले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.