काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आउदैँ गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ ।
तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि आधारदरमा ०.५% प्रिमियम ब्याज दरमा कर्जा उपलब्ध गराउने भएको छ । यस्तै तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याज दरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । साथै, उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै, उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्ने बैंकले जनाएको छ । उल्लेखित अफरहरु भदौ ३१ गतेसम्म लागू हुनेछन् ।
माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटीएम मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।