IME remit
  • आईतवार, कार्तिक १६,२०८२ 02:02:27
IME remit
Global IME Bank Limited

कस्तो अनौठोः राति मर्छन, दिनमा बाँच्छन् यी दाजुभाई !

Hyundai Nepal
कस्तो अनौठोः राति मर्छन, दिनमा बाँच्छन् यी दाजुभाई !
Shivam Cement

काठमाण्डौ । पाकिस्तानको बलुचिस्तान राज्यस्थित क्वेटामा बसोबास गर्ने रासिद, इलियास र सोएबलाई अचम्मको रोग छ । सूर्यास्त हुनेबित्तिकै उनीहरूको शरीरले अचानक काम गर्न बन्द हुन्छ । क्वेटाभन्दा १५ किमि टाढा मियाँकुन्डी गाउँमा बसोबास गरिरहेका यी तीन जना दाजुभाइलाई लागेको रहस्यमय रोगका कारण पाकिस्तानका चिकित्सकहरू छक्क मात्रै छैनन्, उपचार गर्न नसकेर हैरानसमेत भएका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

सोएब एक वर्षका भए । उनलाई त अचानक हातगोडाले किन काम गर्दैनन् भन्ने पनि थाहा छैन । ९ वर्षका रासिद र १३ वर्षे इलियासलाई भने यो तनाव झेलिसकेका छन् र हरेक रात मर्ने अवस्थाबाट गुज्रनु पर्दा पीडामा छन् ।क्वेटाको एउटा आइटी युनिभर्सिटीमा सुरक्षा गार्डका रुपमा काम गर्ने हासिमका लागि सूर्योदयको ठूलो अर्थ छ । उनी चाँडै सूर्योदय होस् भनी हरेक दिन कामना गर्छन् । किनभने सूर्योदयसँगै उनका तीन छोरा ’ब्युँतन्छन्’ ।

पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका चान्सलर डाक्टर जावेद अक्रम भन्छन्, ’यस्तो त संसारमै सुनिएको थिएन ।’ पाकिस्तानी अखबार डनसँग कुरा गर्दै उनले भने, ’मेडिकल साइन्सका लागि यो विषय रहस्यमय कुरा नै भयो ।’ यी तीन बालक सूर्यास्त हुनेबित्तिकै आलसतालस हुन्थे र लगभग मरेतुल्य हुन्थे । तिनका बुवा हासिम भन्छन्, ’गाउँलेहरूले मेरा केटाहरूको नाउँ नै सौर्यऊर्जा राखिदिएका छन् ।’

CG Motors
Muktinath Bikas Bank Limited

२७ पाकिस्तानी र १३ अन्तर्राष्ट्रिय चिकित्सकहरूको एउटा टोलीले यी बालकहरूको अवस्थामा शोध गरिरहेका छन् । तर यो रोग नै के हो भन्ने कुरा नबुझेर ती शोधकर्ता हैरान छन् । जुन दिन अलि ढिलासम्म सूर्य निस्कँदैन, तिनीहरू ब्युँतन पनि समय लाग्छ । जुन दिन राम्रोसँग घाम लाग्छ, तीनै बच्चाको दिनचर्या सामान्य बन्छ ।

हासिम भन्छन्, ’मेरा छोरा घाम लागेका बेला क्रिकेट खेलिरहेको देख्दा अपार खुसी लाग्छ । ठूलो छोरोले त आमालाई काममा सघाउँछ पनि । तर घाम लागुञ्जेल मात्र ।’ छोराहरूको अवस्थाका बारेमा कुरा गर्न थाल्यो कि तिनकी आमाको आँखाबाट आँशु तप्प चुहिन थालिहाल्छ । छोराको अवस्थाबारे हासिम भन्छन्, ’भोलिपल्ट बिहान छोराहरू अचानक नउठिदिने पो हुन् कि भन्ने पीरले मन कटकटी खान्छ ।’

बीबीसी हिन्दीबाट

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.