एक घण्टादेखि चलेन नेप्सेको वेबसाइट, सूचनाको पहुँचबाट लगानीकर्ता बञ्चित
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आधिकारिक वेबसाइट एक घण्टादेखि सञ्चालनमा आउन सकेको छैन । आजको कारोबार बन्द भएपछि केही बेर चलेको नेप्सेका वेबसाइट करिब ५ मिनेटपछि बन्द भएको थियो ।

